आइतबार, २५ जेठ २०८२

प्रतिनिधी सभा बैठकमा यस्ताे छ आजकाे कार्यसूची


काठमाडाैं ।  प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक सोमबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने छ ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०८०/८१’ पेस गर्ने कार्यसूची रहेको छ ।

सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् साथै अर्थमन्त्रीले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ