आइतबार, २५ जेठ २०८२

गेष्टहाउसमा महिलाकाे हत्या गरेर फरार पन्त पक्राउ


काठमाडाैं ।  बागबजारमा रहेकाे गेस्टहाउसमा महिलाको हत्या गरेर भागेका व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँले  महिलाकाे हत्या भएकाे एक महिनापछि आरोपितलाई पक्राउ गरेको परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए। 

२९ चैत  २०८१ मा बागबजारकाे एक गेस्टहाउसको कोठामा नुवाकोटको सूर्यगढी नगरपालिका १ घर भइ हाल काठमाडौँको तार्केश्वर नगरपालिका २ काभ्रेस्थली बस्ने २८ वर्षकी बिमला तामाङ मृत फेला परेकी थिइन्। 

 सँगै गएका धादिङको गल्छी गाउँपालिका घर भइ काभ्रेस्थली बस्ने बस्ने ४० वर्षका रामचन्द्र पन्त फरार थिए। 

महिलाकाे हत्यापछि  भारतमा लुकीछिपी बस्दै आएका उनलाई नेपाल फर्कँदै गरेको सूचनाकाे आधारमा मंगलबार दिउँसो नागढुङ्गाबाट पक्राउ गरिएको एसपी बोहराले बताए। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ