बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



निवर्तमान प्रहरी महानिरिक्षक खापुङलाई विदेश भ्रमणमा रोक
बिहिबार, २१ जेठ २०८३

निवर्तमान प्रहरी महानिरिक्षक खापुङलाई विदेश भ्रमणमा रोक


काठमाडाैं ।  निवर्तमान प्रहरी महानिरिक्षक चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाउने गरी जेनजी घटनाको छानबिन तथा जाँचबुझ आयोगले पत्राचार  गरेको छ।

आज बिहीबारदेखि नै लागू हुने गरी उनको विदेश भ्रमणमा रोक लगाउनुकाे साथै उपत्यका बाहिर जानसमेत आयोगको स्वीकृत लिनुपर्ने गरी पत्राचार गरिएको आयोगका सदस्य एवम् प्रवक्ता विज्ञान राज शर्माले जानकारी दिए। 

आयोगले उनलाई बयानका लागि जतिबेला पनि बोलाउन सक्ने भन्दै बोलाएको बेलामा उपस्थित हुनुपर्ने पनि भनेको छ।  

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकसहितलाई पनि विदेश भ्रमणमा रोक लगाइ उपत्यका छाड्नुपर्ने अवस्थामा अनुमति लिनुपर्ने निर्णय आयोगले गरिसकेको छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ