सोमबार, १८ जेठ २०८३

प्रधानमन्त्रीले माफी नमागेसम्म बैठक चल्न नदिने विपक्षी दलकाे निष्कर्ष


काठमाडौं । प्रधानमन्त्री बालेन शाहले माफी नमागेसम्म सदन चल्न नदिनेमा प्रतिपक्षी दलहरु एकजुट भएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहले दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दलहरू प्रधानमन्त्रीले माफी माग्नु पर्ने अडानमा छन् । आज बसेको प्रतिपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति माफी मागेर फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने निष्कर्ष प्रतिपक्षी दलहरूको बैठकले निकालेको छ विपक्षी दलकाे बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

बैठकले सीमा अतिक्रमणसम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएको निष्कर्ष निकालेको पनि उनले बताए । प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने, प्रधानमन्त्रीले संसद्‌बाटै माफी माग्नुपर्ने माग पनि राखेका छन् । यी मागहरू पूरा नहुँदासम्म सदन चल्न नदिने निष्कर्ष निकालेको उनको भनाइ छ ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ