आइतबार, २५ जेठ २०८२

हुरीले घर भत्कँदा झापामा एक जनाको मृत्यु


भद्रपुर (झापा) । हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो ।  

हुरीले टिनको छाना भएको घरको बिमले थिचेर निजको मृत्यु भएको हो । यो घटना गए रातिको हो । 


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ