बिहिबार, १४ साउन २०८३

गोलबजारमा गोली लागेर एकको मृत्यु


जनकपुरधाम । सिरहाको गोलबजारमा आज गोली लागेर एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा टायर बालेर सडक अबरुद्ध गरेर  प्रदर्शन गरिरहेका सिरहाको औरही गाउँपालिकाका १५ वर्षीय गणेश यादवको मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले राससलाई जानकारी दिए। 

“गोली लागेर यादवको मृत्यु भएको जानकारी प्राप्त भएको छ तर कसले चलाएको गोलीबाट मृत्यु भएको हो भने खुल्न नसकेको छैन”, प्रजिअ पौडेलले भने, “यसबारे अनुसन्धान भइरहेको छ ।” 

जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा आज दिउँसो २:०० बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ । घटनापछि प्रदर्शनकारीहरूले ठाउँठाउँमा प्रदर्शन जारी राखेका छन् ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ