- असार ०६, २०८०
काठमाडौँ । आगामी २७ देखि २९ मंसिरमा महाधिवेशन गर्ने निर्णयसहित नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको सम्पन्न भएकाे छ ।
बैठक समापनकाे क्रममा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा पार्टीले अघि बढाउने अभिव्यक्ति दिएका छन् ।
उनकाे प्रतिवेदनमा दुई उपाध्यक्ष युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले फरक मत राखेपछि बैठकस्थलमा एकछिन होहल्ला भएको थियो।
चुनावमा नजाने गरी अध्यक्ष ओलीले पेश गरेको राजनीतिक प्रतिवेदन पारित भएको संकेत गर्दै केन्द्रीय सदस्यहरूले ताली बजाउँदा दुई उपाध्यक्षले विरोध गरेका हुन्।
दुई उपाध्यक्षले प्रतिनिधिसभा पुनर्स्थापना नभई चुनावमा भाग लिनुपर्ने बताएका थिए।
यद्यपि ओली प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर अघि बढ्ने तयारीमा छन् भने बहुसंख्यक केन्द्रीय सदस्यहरूकाे उनलाई साथ छ ।
टिप्पणीहरू: