- असार ०६, २०८०
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेका छन्।
बुधबार प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरेर संसद्को अवरोध हटाएर गृहमन्त्री रमेश लेखकलाई बोल्ने वातावरण बनाइदिन आग्रह गरेका हुन्।
तर प्रचण्डले भने भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद्को अवरोध यथावत् रहने जवाफ दिएकाे माओवादी सांसद माधव सापकोटाले जानकारी दिए।
विपक्ष दलका सांसदहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन आयोग गर्नुपर्ने माग गर्दै सदन चल्न दिएका छैनन् ।
टिप्पणीहरू: