बुधबार, १९ कात्तिक २०८२

निकोलस भुसाल गोरखाबाट पक्राउ


गोरखा। प्रहरीले निकोलस भुसाललाई पक्राउ गरेको छ।

उनलाई प्रहरीले गोरखाकाे सदरमुकामस्थित रानीवन क्षेत्रको सरस्वती आश्रमबाट पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक भरतबहादुर विकले जानकारी दिए।

भुसाल सोमबार गोरखा आएको र उनलाई विषेश सूचनाका आधारमा पक्राउ गरिएको उनले बताए। सामाजिक सञ्जालमार्फत विवादास्पद अभिव्यक्ति दिएपछि सोधपुछका लागि प्रहरीले उनलाई पक्राउ गरेको हो।

भुसाललाई काठमाडौँस्थित अपराध अनुसन्धान महाशाखा पठाउने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक विकले बताए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ