बुधबार, १२ कात्तिक २०८२

६२.२९ अंकले बढ्याे नेप्से


 काठमाडौं । मंगलबार सेयर बजार ६२.२९ अंकले बढेपछि नेप्से परिसूचक २५७१ अंकमा कायम भएको छ ।

आइतबारकाे तुलनामा काराेबार पनि बढेकाे छ । आइतबार २ अर्ब ७९ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५७ करोडको भयो । २३६ कम्पनीको मूल्य बढ्दा १२ को घट्यो भने २ को स्थिर रह्यो ।

विकास बैंक समूह सबैभन्दा धेरै ४.४७ प्रतिशत बढ्यो । बैंकिङ १.९२, फाइनान्स ३.१४, होटल तथा पर्यटन २.८०, हाइड्रोपावर ३.९०, लगानी ३.१९, जीवन बीमा ३.५५, उत्पादन तथा प्रशोधन ०.३७, माइक्रोफाइनान्स २.५९, निर्जीवन बीमा २.५४ र अन्य समूह १.९१ प्रतिशत बढे ।

तीन कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढ्नेमा न्यादी हाइड्रोपावर, बुटवल पावर र एक्सल डेभलपमेन्ट बैंक छन् । राधि विद्युतका् ९.६०, लुम्बिनी विकास बैंकको ९.३५, सिंगटी हाइड्रो इनर्जीको ८.२१, फस्र्ट माइक्रोफाइनान्सको ८.१२ प्रतिशत मूल्य बढ्यो ।

हिमालयन पावर पार्टनरको मूल्य सबैभन्दा धेरै ६.३६ प्रतिशत घट्यो । युनिलिभरको ३.८८, बोटलर्स नेपाल बालाजुको ३.७७ प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन पावर पार्टनर, युनियन हाइड्रोपावर, राधि विद्युत, बुटवल पावर र एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ