शुक्रबार, २६ भदौ २०८३

२८ अंकले बढ्याे नेप्से


काठमाडाैं ।  नेप्से परिसुचक २७.९४ अंक बढेर २५५९.४९ विन्दुमा पुगेकाे छ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बजार बढ्दा २३७ कम्पनीको सेयर मूल्य बढेका छन् । ३१ कम्पनीको सेयर मूल्य घटेको छ । नौ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

चार अर्ब ३६ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एक करोड २० लाख कित्ता सेयर ४९ हजार पटक खरिद–बिक्री भएको छ ।

उपकार लघुवित्त, अभियान लघुवित्त, सिन्धु विकास बैंक, सर्वोत्तम पेन्टस्,  एनसीसी डिबेन्चर लगायतका कम्पनी शुक्रबार उच्च कमाउने शीर्ष स्थानमा रहे । समूहगत सूचकतर्फ १३ वटै बढेका छन् । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ