बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



नेप्से परिसूचक २०.५६ अंकले घट्याे
बिहिबार, २१ जेठ २०८३

नेप्से परिसूचक २०.५६ अंकले घट्याे


काठमाडौं ।  नेप्से परिसूचक २०.५६ अंकले घटेको छ । बुधबार नेप्से परिसूचक ०.८० प्रतिशतले घटेर २,५४४.५९ विन्दु कायम भएको हो ।

आज कारोबार रकम भने बढेको छ । आज तीन अर्ब ८४ करोड ८५ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । मंगलबार तीन अर्ब ६२ करोड ६१ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

आज ४९ कम्पनीको सेयरमूल्य बढ्दा १९८ को घटेको छ । सात कम्पनीको सेयरमूल्य स्थिर छ ।

आज भूगोल इनर्जी र सागर डिस्टिलरीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । भूगोल इनर्जीको सेयरमूल्य प्रति कित्ता ५२२ रुपैयाँ १० पैसा कायम भएको छ । सागर डिस्टिलरीको सेयरमूल्य प्रतिकित्ता ५१६ रुपैयाँ २० पैसा कायम भएको छ ।

बन्दीपुर केबलकार एन्ड टुरिजम र बुंगल हाइड्रोपावरको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ । हिजोसम्म ९ प्रतिशतभन्दा बढीले मूल्य बढेको दरमखोला हाइड्रो इन्जिनियरिङको सेयरमूल्य आज ८.७२ प्रतिशतले घटेको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक मूल्यको सेयर खरिदबिक्री भएको छ । यस कम्पनीको ४० करोड ३४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ । यस कम्पनीले आज सेयरधनीलाई ४२ प्रतिशत लाभांश र १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेसँगै कम्पनीको सेयर खरिदबिक्री गर्नेहरूको चाप बढेको हो ।

कारोबारमा आएका १३ समूहमध्ये उत्पादन तथा प्रशोधन समूहबाहेक सबैको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.२३ प्रतिशतले बढेको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ