बुधबार, १२ कात्तिक २०८२

नेप्से पाँच अंकले घट्याे, काराेबार बढ्याे


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । बुधबार नेप्से ५.१७ अंकले घटेको हो । योसँगै  २५६६.१६ विन्दुमा कायम भएकाे छ ।  आज ५ अर्ब ४५ करोडको कारोबार भएको छ ।

बजारमा आज ८५ कम्पनीको मूल्य बढेको छ । १५९ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्य स्थिर रहेको छ । 

आज चार समूहका सूचक बढ्दा बाँकी ९ समूह घटेका छन् । सबैभन्दा धेरै होटल र ट्रेडिङ क्षेत्र २ प्रतिशत भन्दा धेरैले बढ्दा अन्य समूहमा सबैभन्दा धेरै गिरावट देखिएको हो । 

बजारमा आज खानीखोला जलविद्युतको मूल्य १० प्रतिशत र उपकार लघुवित्त र मानुषी लघुवित्तको ९.९० प्रतिशत भन्दा धेरैले बढेको छ । ज्योति विकास बैंकको डिवेञ्चर ५.६६ प्रतिशत सहित सबैभन्दा धेरै घट्ने स्क्रिप बनेको छ । 

कारोबारका आधारमा युनियन हाइड्रोपावर, एनआरएन इन्फास्ट्रक्चर, बुटवल पावर कम्पनी र राधी जलविद्युत् अगाडि छन् । यी प्रत्येकको कारोबार २० करोडभन्दा माथि छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ