बिहिबार, २५ भदौ २०८३

ओमानलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा


काठमाडौं । नेपाल एसीसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । हालै सम्पन्न खेलमा नेपालले ओमानलाई ८७ रनले हराउँदै फाइनमा प्रवेश गरेकाे हाे ।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान १८.१ ओभरमा ६० रनमै अलआउट भयो । उसका लागि जतिन्दर सिंहले २५ तथा जितेन रमानन्दीले १३ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओमानलाई सस्तैमा समेट्न सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले तीन–तीन तथा ललित राजवंशी र रोहित पौडेलले दुई–दुई विकेट लिए ।

जितसँगै नेपालले अब उपाधिका लागि युएईसँग खेल्नेछ । युएईले हङकङमाथि सहज जित निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ ।

फाइनल खेल शनिबार हुनेछ । उपाधि जित्ने टोलीले २०२७ मा बंगलादेशमा हुने एसिया कपमा स्थान बनाउने छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ