शनिबार, १० साउन २०८२

कर्मचारीतन्त्रलाई दोष देखाएर सांसदहरू उम्किन खाेजे : सुमना श्रेष्ठ


काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले निजामती विधेयकमा कुलिङ पिरियडबारे भएको गड्बडीबारे राज्यव्यवस्था समितिका सांसदहरूले थाहा थिएन भन्न नमिल्ने तर्क गरेकी छन् ।

सभामुखसँग छलफलपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै  कर्मचारीतन्त्रलाई दोष देखाएर सांसदहरू उम्किन खाेजेकाे बताइन् । 

 यसमा भएको गल्तीलाई स्विकारेर अगाडि बढ्नुपर्नेमा उनले जोड दिइन् । समितिबाट कुलिङ पिरियड समेतको व्यवस्था राख्दै सर्वसम्मतिबाट पारित भए पनि अहिले ऐनमा ‘बाहेक’ शब्द थपिएपछि विवाद बढ्दै गएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ