सोमबार, ३० भदौ २०८२

असाेज १ गते शाेक विदा दिने मन्त्रिपरिषदकाे निर्णय


काठमाडौं । सरकारले असोज १ गते शाेक दिवस मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १ गते शोक दिवस मनाउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

असोज १ गते सार्वजनिक बिदा दिने र जेनजी आन्दाेलनमा ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय झण्डा ओड्याउने निर्णय समेत भएको छ ।

 जेनजी आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका व्यक्तिहरूलाई शहीद घोषणा गरिएको छ ।

ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय समेत भएको गृह तथा कानुनमन्त्री अर्यालले जानकारी दिए ।

जेनजी आन्दोलनका क्रममा देशभरि ७२ जनाले ज्यान गुमाएका छन् भने २ हजार ३१६ जना घाइते भएका छन् । देशका विभिन्न अस्पतालमा २८३ जना उपचाररत छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ