शुक्रबार, ०२ असोज २०८३

डिभाइडरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु


सुनसरी । इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९  अनिल राईको मृत्यु भएको छ । 

दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले राससलाई जानकारी दिए । 

विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ