- असार ०७, २०८०
काठमाडाैं । भिजिट भिसा प्रकरणमा अख्तियारको अनुसन्धानमा रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईले अवैध असुल गरेकाे रकम एक युवतीको बैंक खातामा राख्ने गरेको पाइएको छ ।
बुधबारदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नियन्त्रणमा रहेका भट्टराईले कविता पौडेल नाम गरेकी युवतीको बैंक खातामार्फत घुस रकम कारोबार गर्ने गरेको खुलेको अख्तियार स्रोतले जनाएको छ ।
प्राप्त जानकारी अनुसार कविता एक कलेजकी कर्मचारी हुन् । दैनिक ५० लाखसम्म उठाउने गरेका भट्टराई र ती युवतीको मोबाइल जफत गरेर फरेन्सिक ल्याब परीक्षण भइरहेको बताइएको छ ।
अख्तियारले छापा मार्न लागेको थाहा पाएलगत्तै गृहमन्त्री रमेश लेखककाे निर्देशनमा मंगलबार साँझ गृह मन्त्रालयमा तानिएका सहसचिव भट्टराई विवादित कर्मचारी हुन् । गृहमन्त्री लेखककै राेजाइमा उनी अध्यागमन कार्यालय पुगेका थिए । याे प्रकरणमा गृहमन्त्रीकाे सचिवालयका केही व्यक्तिकाे पनि संलग्नता रहेकाे आशंका गरिएकाे छ ।
टिप्पणीहरू: