बुधबार, ०३ असार २०८३

विश्वकपमा मेस्सीको पहिलो ह्याट्रिक, सर्वाधिक गोल गर्ने क्लोजको कीर्तिमान बराबरी


काठमाडाैं । अर्जेन्टिनाले अल्जेरियाविरुद्ध तेस्रो गोल गरेको छ। 

अर्जेन्टिनी कप्तान लियोनल मेसीले खेलको ७६  मिनेटमा तेस्रो गोल गरेका हुन्।

यसअघि उनले ६० औँ मिनेटमा दोस्रो र १७ औँ मिनेटमा पहिलो गोल गरेका थिए।

मेस्सीले तीन गाेल गरेपछि  फिफा विश्वकप  २०२६ को पहिलो खेलमा ह्याट्रिक पूरा गरेका छन् ।

यो ह्याट्रिकसँगै मेस्सीले विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानसमेत बराबरी गरेका छन् । विश्वकपमा १६ गोल गर्दै मेस्सीले जर्मनीका मिरोस्लाभ क्लोसको नाममा रहेको कीर्तिमानी बराबरी गरेका हुन् ।

यसपटक पनि विश्वकपको मुख्य दाबेदार रहेको अर्जेन्टिनाका कप्तान मेस्सीको यो छैटौँ विश्वकप यात्रा हो। 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ