- असार ०६, २०८०
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेट गरेका छन्। उनीहरुबीच राष्ट्रपति निवास शितल निवासमा भेट भएको हो।
भेटमा सभामुख घिमिरेले संसद्का सभामुखहरूको जेनेभामा जुलाई २९ देखि ३१ सम्म हुने विश्व सम्मेलनमा नेपालको सहभागिताबारे राष्ट्रपति पौडेललाई जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।
सभामुख घिमिरे सभामुखहरूको विश्व सम्मेलनमा सहभागी हुन जुलाई २७ मा जेनेभा जाने कार्यक्रम छ।
टिप्पणीहरू: