शनिबार, १० साउन २०८२

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता


काठमाडाैँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएकाे छ।

विपक्षी दलका दुई शीर्ष नेताबीच सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो।

उनीहरूबीच संसद् अवरोध र सामसामयिक राजनीति विषयमा छलफल भएकाे बताइएकाे छ।

उक्त भेटमा माओवादीबाट उपमहासचिव वर्षमान पुन र प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए भने एकीकृत समाजवादीबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र नेता शेरबहादुर कुँवर सहभागी भएका थिए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ