सोमबार, २३ चैत २०८२

'माया भनेकै यस्तो होला’को शूटिंङ सकियो, भदौमा रिलिज


काठमाडाैं । चलचित्र ‘माया भनेकै यस्तो होला’ को शूटिंङ सकिएको छ । २७ दिनमा आइतबार यो फिल्मको सुटिंङ सकिएको हो । यो फिल्ममार्फत अभिनेत्री रेखा थापा ८ वर्षपछि निर्देशनमा फर्किएकी छन् । ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता फिल्म निर्देशन गरिसकेकी रेखाको यो तेस्रो निर्देशकीय फिचर हो ।

‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको फिल्ममा नेपाली कला क्षेत्रका दिग्गजदेखि वर्तमानका चर्चित अनुहारको जम्बो टोली रहेको छ ।
 फिल्ममा कलाकार मदनकृष्ण श्रेष्ठको साथमा पूर्व मिस नेपालहरू निती शाह , सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र दिल श्रेष्ठको मुख्य भूमिका रहेको छ भने पूर्व मिस उषा खड्गीकाे बिशेष भूमिका रहेकाे छ । यस हिसाबले चलचित्रमा एक साथ चार मिस नेपालहरू समेटिएका छन् ।

 फिल्मका अन्य कलाकारहरूमा लक्ष्मी गिरी,, विशाल पहाडी, संगम भण्डारी, रबि डंगोल बेमान , सुनिता श्रेष्ठ र बिनोद पौडेल लगायतको पनि अभिनय रहेको छ । हरिनारायण श्रेष्ठ र मायादेवी श्रेष्ठ निर्माता रहेको फिल्मले प्रेमकथाका माध्यमबाट सामाजिक भावनालाई उठान गरेको छ । 
 

ध्रुव लम्सालको लेखन र सुदीप बरालको छायांकन रहेको यस फिल्मको निर्माण ब्यबस्थापक प्रमुखमा सि एम भारद्वाज सुबेदी रहेका छन् । तिजको अवसर पारेर फिल्मको रिलिज गरिने भएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ