बिहिबार, २५ मंसिर २०८२

काठमाण्डु गोर्खाजलाई हराउदै लुम्बिनीले दोस्रो क्वालिफायरमा प्रवेश


काठमाडौं ।  लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । बुधबार भएको इलिमिनेटरमा काठमाण्डु गोर्खाजलाई ४ विकेटले हराउदै लुम्बिनीले दोस्रो क्वालिफायरमा गएकाे हाे।

काठमाण्डुले दिएको ११२ रनको लक्ष्य लुम्बिनीले १७ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गरेकाे थियाे ।

लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले सर्वाधिक ३३ रन बनाए । दीनेश अधिकारी ४, कप्तान रोहित पौडेल १८, सन्दीप जोरा २३, निरोशन डिक्वेला १४ र दिलिप नाथ ७ रनमा आउट भए । जेजे स्मिथ ० र रुवेन ट्रम्पलम्यान ५ रनमा अविजित रहे ।

बलिङमा काठमाण्डुका सन्तोष यादवले दुई, सन्नी पटेल, शाहव आलम, कप्तान करण केसी र रसिद खानले एकएक विकेट लिए ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ