- असार ०६, २०८०
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपद्का समयमा सत्ता पक्ष र प्रतिपक्षका परम्परागत आधारबाट नभई राष्ट्रिय एकता र मानवीयताका आधारमा जलवायु न्यायका लागि विश्व समुदायमाझ एकढिक्का भएर उभिन आह्वान गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै सभापति लामिछानेले भोटेकोशी विपत्तिमा सबै एक भएको उल्लेख गर्दै विवेक र मानवीयताको उज्ज्यालोमा देशले फेरि भविष्य खोज्ने विश्वास व्यक्त गरे ।
सरकारले दिनरात नभनेर सक्दो प्रयासका साथ उद्धार र खोजमा लागेको बताउँदै सभापति लामिछानेले प्रियजन गुमाएकाले राज्यले केही गरेन भनेर गर्ने गुनासालाई अन्यथा लिन नमिल्ने पनि बताए । “गहिरो चोटमा परेका मानिसले भगवानलाई त सराप्छ भने यो सरकार, रास्वपा र राज्यलाई गुनासो र आक्रोश पोख्नु कुनै ठूलो कुरा होइन”, सभापति लामिछानले भने, “पीडामा परेर आक्रोश व्यक्त गरिरहेकाहरुमाथि सामाजिक सञ्जालमा गरिने अवाञ्छित टिप्पणी गर्ने कार्य सैह्या हुँदैन । यस्तो कार्यमा रास्वपाका कोही कार्यकर्ता सम्पग्न छन् भने कारबाही गरिनेछ । सरकारले कानुनबमोजिम गर्नुपर्ने कारबाही पनि गरोस् ।” विपद् व्यवस्थापनका लागि प्रतिपक्षबाट आउने रचनात्मक कुरालाई आत्मसात् गर्न सरकारलाई आग्रह गर्दै विपद्का नाममा राजनीति नगर्न सबैमा आग्रह गरे ।
जलवायु सङ्कटमा परेकाहरू जलवायु अन्यायका पीडित भएको बताउँदै उनले यो विपत्तिका कारक ती पीडित नागरिक थिएनन् भने । “जलवायु सङ्कटको असमान भारका कारण जीवन गुमाउन विवशहरूका श्रद्धाञ्जली दिएर मात्रै पुग्दै विश्वसँग न्याय माग्ने साहस बोटल्नुपर्छ”, सभापति लामिछानेको भनाइ थियो ।
उद्धार र खोजीका काममा सुरक्षाकर्की र उद्धारकर्ताको प्रशंसा गर्दै उनले यस पीडामा सबै मित्रराष्ट्रहरूको साथ र सहयोग रहेको उल्लेख गर्दै सङ्कटमा निजी क्षेत्र, सञ्चार क्षेत्र र गैरआवासीय नेपाली क्षेत्रले गरेको योगदानको प्रशंसा गरे ।
टिप्पणीहरू: