बिहिबार, ०५ भदौ २०८२

भूमि विधेयक संसदीय समितिबाट पारित, माओवादी र रास्वपाले फरक मत राख्ने


काठमाडौँ । सरकारले ल्याएकाे भूमि विधेयक संसदीय समितिबाट पारित भएको छ । भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,२०८२ लाई प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बहुमतबाट पारित गरेको हाे ।

कृषि समितिको बिहीबारको बैठकले भूमि विधेयक पारित गरेको हाे । भूमि विधेयकमा सत्तारूढ कांग्रेस र एमालेबीच कतिपय विषयमा विवाद थियाे ।  निर्णय गर्ने क्रममा माओवादी र रास्वपाका सांसदहरू बैठकबाट बाहिरिएका थिए । दुवै दलले शुक्रबारसम्मका लागि समय माग गरेका थिए । तर, कांग्रेस र एमालेले तत्काल पारित गर्ने भनेपछि उनीहरू बाहिरिएका हुन् ।

रास्वपाका अशाेक चाैधरी र माओवादीका रुपा शाेसी चाैधरीले फरक मत राख्ने भएका छन् ।

 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ