शुक्रबार, १६ माघ २०८२

केपी ओलीको स्थान हद फुकुवा


फाइल तस्बिर

काठमाडौँ। पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद फुकुवा भएको छ।

भदौ २३ र २४ को घटनासम्बन्धी  छानविन गर्न गठित जाँजबुझ आयोगकाे साेमबार बसेकाे बैठकले ओलीको स्थान हद फुकुवा गरेको हो।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको क्रममा प्रधानमन्त्री रहेका ओलीलाई आयोगको गत असोज १२ गतेकाे बैठकले विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय गरेकाे थियाे।

उक्त घटनाका सम्बन्धमा प्रधानमन्त्रीको हैसियतले उनले गरेका कामकारबाही सम्बन्धमा सोधपुछ सकिएकाले उनको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने निर्णयको औचित्य समाप्त भएकाले फुकुवा गरिएकाे आयोगले जनाएकाे छ।

आयोगको टोलीले बयान लिने क्रममा आइतबार गुण्डुस्थित अध्यक्ष ओलीको निवासमा पुगेको थियो। आयोगको टोलीलाई अध्यक्ष ओलीले लिखित वक्तव्य बुझाएका थिए।

यसअघि, आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ। आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माका अनुसार चार सुरक्षा निकायका प्रमुखसँग, जिल्ला प्रशासन कार्यालयका प्रमुखलगायतका व्यक्तिसँग बयान लिने काम गरिसकेको छ।

‘बयान लिने काम लगभग सकियो, आयोगले तीव्ररुपमा काम गरिरहेको छ’, प्रवक्ता शर्माले भने, ‘जेनजी आन्दोलनमा प्रत्यक्ष सरोकार भएका र अन्य सम्बन्धित व्यक्तिहरुसँग भेटेर विवरण लिने काम भएको छ।’

आयोगको कार्यदेशअनुसार तीन महिनाको अवधि सकिएपछि एक महिनाका लागि थप गरिएको छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ