शुक्रबार, १६ माघ २०८२

केपी ओलीले विरोध गर्नुपर्ने कुनै काम नै गर्दैन: ओली


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले विरोध गर्नुपर्ने कुनै काम नगरेकाे दाबी गरेका छन्।

नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले एमालेमा केपी ओलीको अधिनायवाद चल्छ भनेर हल्ला चलाएकाे भन्दै आपत्ति जनाए।

‘एमालेमा काेही बाेल्नै पाउँदैन, त्यहाँ केपी ओलीको अधिनायवाद चल्छ, तानाशाही चल्छ। कसैले आँखामा आँखा जुधाएर बोल्नै सक्दैन, हेर्नै सक्दैन भन्ने हल्ला चलाउँछन्। आलोचनात्मक चेत हराएका झोलेहरू एमालेमा बस्नछन्। नत्र ती विराेधमा बालिहाल्थे नि, खाेइ केपी ओलीका विरुद्धमा बोलेका? भन्छन्’, ओलीले भने, ‘केपी ओलीले विरोध गर्नुपर्ने कुनै काम नै गर्दैन त के भनेर विरोध गर्ने?’

उनले थप भने, ‘लिडरशीपप्रति अनास्था जगाउनका लागि, पार्टी एकतामा खलल पुर्‍याउनका लागि उचाल्ने कुराहरू गर्छन्। यस्ता कुराहरबाट हामी प्रभावित हुनुहुँदैन।’

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ