- भदौ ०३, २०८१
काठमाडौं । सुत्केरीको मृत्युपछि मृतकका आफन्तले ललितपुरको इमाडोलमा रहेको किष्ट अस्पताल तोडफोड गरेका छन् ।
चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै उनीहरूले अस्पताल तोडफोड गरेका हुन् ।
अस्पतालको गेट फोडेर भित्र पसेका प्रदर्शनकारीहरूले अस्पतालमा ढुंगामुढा गरेका हुन् ।
प्रदर्शन उग्र बनेपछि प्रहरीले भीडलाई तितरवितर बनाउन लाठीचार्ज गर्नुका साथै केही राउन्ड आश्रुग्यास समेत प्रहार गरेको छ ।
सुत्केरी गराउने क्रममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका-९ की ३४ वर्षीया मिनाश्री राईको शुक्रबार राति मृत्यु भएको थियो ।
अस्पताल परिसरमा प्रहरीले अश्रुग्यास प्रयाेग गर्दा अन्य विरामीलाई असर गरेकाे भन्दै अन्य बिरामीले आपत्ती जनाएका छन् ।
आन्दाेलनकारीलाई भगाउने बहानामा अश्रुग्यास प्रयाेग गर्दा स्वास्थ्यमा असर परेकाे स्थानीयवासीकाे गुनासाे रहेकाे छ ।
टिप्पणीहरू: