बुधबार, ०३ असार २०८३

अपहरणमा परेका बालककाे सकुशल उद्धार, पाँच जना पक्राउ


काठमाडौं । चितवनबाट अपहरणमा परेका एक १६ वर्षीय बालकको सकुशल उद्धार भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बालाजुको एक होटलबाट बालकको उद्धार गरेको हो ।

 प्रहरीले अपहरणमा संलग्न पाँच जना भारतीय नागरिकलाई पक्राउ गरेकाे छ। ।अपहरणकारीले फिराैतीका लागि वालककाे अपहरण गरेकाे प्रहरीले जनाएकाे छ । अपहरणमा संलग्न बेतियाका १८ वर्षीय सुजित कुमार, बेतियाका १८ वर्षकै गोलुकुमार सोनी, बिहारका बिक्की कुमार, मोहम्मद साहिद र अर्का गोलुकुमार गरी पाँच जनालाई पक्राउ गरेको छ ।

चितवनबाट बालक अपहरण गरेर काठमाडौं ल्याइएको हुनाले उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको अपराध अनुसन्धान कार्यालयले बताएको छ । पक्राउ परेका सबै जना र उद्धार गरिएका बालकलाई पनि चितवन पठाइएको छ ।

चितवनबाट पक्राउ परेका बालकलाई नयाँ बसपार्कस्थित फेमिली होटलमा राखिएको अवस्थामा उद्धार गर्नुका साथै पाँच भारतीयलाई पक्राउ गर्न प्रहरी सफल भएकाे थियाे ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ