- असार ०६, २०८०
काठमाडाैं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने भएको छ।
अनुशासन समितिको आज दिउँसो ३ बजे बस्ने बैठकले खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने भएको हो। कांग्रेसको अनुशासन समितिका संयोजक तारामान गुरुङले खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने बताए।
आइतबार बसेकाे पूर्वसभापति देउवा पक्षिय भेलाले अदालतकाे फैसला स्वीकार्ने बताएपछि संस्थापन पक्षले फिर्ता लिने निर्णय गरेकाे हाे । त्यसाे त देउवा पक्षिय भेलामा काेइराला समुह सहभागी नभएपछि देउवा पक्ष नरम रुपमा प्रस्तुत हुने संकेत देखिएकाे छ ।
कांग्रेसले २ वैशाखमा खड्कालाई सात दिने स्पष्टीकरण सोधेको थियो।
गत २ माघमा थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध निवर्तमान सभापति शेरबहादुर देउवा र खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
सर्वोच्च अदालतले शुक्रबार आयोगको निर्णयलाई सदर गर्दै देउवा र खड्काले दायर गरेको रिट खारेज गरेपछि कांग्रेसमा सहमतिको प्रयास सुरु भएकाे छ ।
टिप्पणीहरू: