सोमबार, ०३ कात्तिक २०८२

देउसी भट्याउँदै केकी र अन्जनाले खेले 'परान' बिशेष देउसी भैलो


काठमाडौं । तिहार पर्व सुरु भएसँगै आज यमपन्चकको दोस्रो दिन घरघरमा लक्ष्मी पुजा गरिदैछ । यसैबिच कलाकारहरु पनि यतिबेला लक्ष्मी पुजाको तयारी गरिरहेका छन् । साथै आज कुकुर तिहार पनि, कुकुरलाई मिठा मिठा परिकार दिएर कुकुर तिहार पनि मनाइदैछ । यो पर्वको माहोलमा तिहार सकिए लगत्तै कार्तिक १४ बाट 'परान' फिल्म रिलिजको तयारीमा छ । यसै फिल्मका मुख्य दुई नायिका केकी अधिकारी र अन्जना बराइलीले यमपन्चकको पहिलो दिनको साँझमा देउसी खेलेका छन् ।

आइतबार राष्ट्रिय लोक सन्चारकर्मी नेपालले इन्द्रेणी समाजको हलमा आयोजना गरेको देउसी भैलो बिशेष कार्यक्रममा 'परान' टिमको सहभागीता थियो । जसमा नायिकाद्धय केकी र अन्जनासँगै फिल्मका निर्देशक दिपक प्रसाद आचार्य, प्रोडक्सन म्यानेजर अनिश अधिकारी र समर चौलागाई लगायतको उपस्थिती थियो । साँझ ५ बजे आयोजना गरिएको देउसी १ घण्टा लामो समय चलेको थियो । जसमा इन्द्रेणी समाजका अध्यक्ष कृष्ण कंडेल, गायक सरोज लामिछाने, युवराज चौलागाई, गायिका शिला आले लगायतले सहजीकरण गरेका थिए ।
 
राष्ट्रिय लोक सन्चारकर्मी नेपालका प्रवक्ता शिखर जंग श्रेष्ठले 'परान' फिल्मका कलाकारहरुलाई स्वागत गरेसँगै देउसी भट्याएका थिए । साथै केहिबेर गायक सरोज लामिछानेले देउसी भट्याएर स्वागत गरे । त्यसपछि निर्देशक दिपक प्रसाद आचार्यले फिल्मबारे जानकारी दिँदै 'परान' बिशेष शब्दहरु राखेर देउसी भट्याए । त्यसपछि नायिका केकी अधिकारीले पनि तिहार गीत गाउँदै देउसी भट्याएकी थिइन् । 

साथै अर्की नायिका अन्जना बराइलीले पनि तिहारका आफ्नो बाल्यपनका रमणीय पलहरु सम्झिएकी थिइन् । प्रोडक्सन म्यानेजर अनिश अधिकारीले तिहार बिशेष मिठो गीत गाएर माहोल रमाइलो बनाएका थिए ।

नायिका केकीले तिहारमा सबैतिर झिलीमिली हुनेभएकाले पनि तिहार सुरुभएसँगै खुसीयाली छाएको बताइन् । साथै राष्ट्रिय लोक सन्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणी गौतमले मौलिकतालाई बिशेष ध्यानमा राख्दै संस्थाले इन्द्रेणी समाजसँगको सहकार्यमा देउसी भैलो कार्यक्रम राखिएको बताए । साथै उनले मौलिकता बोकेको फिल्म भएकाले 'परान' टिमलाई स्वागत गर्न पाउँदा निकै खुसी लागेको पनि बताएका थिए । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ