बिहिबार, ०५ भदौ २०८२

आफ्नै अभिनय हेरेर राेइन केकी अधिकारी


काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’काे प्रिमियरमा शाेमा अधिकांशले फिल्म राम्राे भएकाे प्रतिक्रिया दिएका छन् । बुधबार नयाँ बानेश्वर स्थित वान सिनेमाजमा आयोजना गरिएको प्रमियरमा चलचित्र हेर्न पुगेका अधिकांश व्यक्ति भावुक भएका छन् ।

चलचित्र हेरेपछि धेरै व्यक्ति भावुक हुँदा कतिपयले आफ्नो आँखामा आँसु थाम्न सकेनन् । केकी अधिकारी, अञ्जु पन्तलगायत कलाकार चलचित्र हेर्दा रोइरहेका थिए ।

नोस्टाल्जिक बनाउँदै बुवा, आमा र दाजुभाइबीचको पारिवारिक सम्बन्ध, सम्झना र जिम्मेवारीको कथा सिनेमामा हेरिरँदा रुवाएको सिनेमा हेरेपछि उनीहरूले प्रतिक्रिया दिएका छन् । सिनेमाले आफूहरूलाई जस्तै दर्शकको पनि मन छुने र आँसु बगाउन बाध्य बनाउने प्रिमियरमा चलचित्र हेर्नेहरूको प्रतिक्रिया छ ।  धेरै जना आँसु पुछ्दै हलबाट बाहिरिएको देखिन्थ्यो । 

बुवा र आमाले छोराछोरीका लागि गर्ने सम्झौता र बुवाआमाप्रतिको जिम्मेवारी निभाउने क्रममा छोराछोरी परिबन्धमा परेर उजाडिएको जिन्दगीको कथा हेरिरहँदा आँसु थाम्न नसकेको अधिकांशको प्रतिक्रिया छ ।

भोलिबाट रिलिज हुने चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’मा केकी अधिकारी, विजय बरालसँगै मिरुना मगर, शुशांक मैनाली, भोलाराज सापकोटा, गौरव पहाडी, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ ।

अलटाइम ब्लकबस्टर चलचित्र ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो चलचित्र हो ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन् । कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन् ।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको चलचित्रमा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ ।

चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ