- असार ०७, २०८०
 समयआवाज  संवाददाता
                                    
                                       समयआवाज  संवाददाता
                                    
                                    
                                 
                               
काठमाडौं । खगेन्द्र सुनारसँग काभ्रेपलाञ्चोक जिल्ला अदालतले ५० हजार धरौटी माग गरेको छ ।
विद्युतीय कारोवार ऐन बमोजिम पक्राउ पुर्जी जारी भएपछि फरार रहेका भनिएका सुनार आजै अदालतमा हाजिर भएका थिए । थुनछेक बहसपछि अदालतले ५० धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
जिल्ला न्यायाधीश नगेन्द्रकुमार कालाखेतीको एक इजलासमा भएको थुनछेक बहसपछि पछि ठहर बमोजिम हुनेगरी ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनीविरुद्ध अधिवक्ता मनिषा गौतमले साइबर अपराधको जाहेरी दिएकी थिइन् ।
सुशीला कार्की नेतृत्वकाे सरकारमा सुनार श्रममन्त्रीका रुपमा छानिएका थिए । अदालतमा उनकाे मुद्धा रहेकाे जानकारी सार्वजनिक भएपछि उनी मन्त्री हुनबाट राेकिएका थिए ।
टिप्पणीहरू: