मङ्गलबार, १८ कात्तिक २०८२

थापाथलीकाे ट्राफिक बिटमा काठमाडौं महानगरले चलायाे डोजर


काठमाडौँ। काठमाडौं महानगरपालिकाले थापाथलीस्थित ट्राफिक प्रहरी बिट भत्काएकाे छ।

सार्वजनिक जग्गा अतिक्रमण गरेर संरचना बनाएको भन्दै आइतबार महानगरको डोजरले प्रहरी बिट भत्काएको हो।

महानगरले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई पत्र लेख्दै अतिक्रमण गरेर बनाइएकाे बिट हटाउन भनेको थियो।

अहिले उक्त क्षेत्रमा महानगर प्रहरी र नेपाल प्रहरीकाे बाक्लो उपस्थिति छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ