बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



पिएम कप क्रिकेटमा काठमाडौं जिल्ला विजयी
शनिबार, २३ जेठ २०८३

पिएम कप क्रिकेटमा काठमाडौं जिल्ला विजयी


काठमाडाै‌ ।  पिएम कप बागमती प्रोभिन्स मिन्स वन डे प्रोभिन्स सेलेक्सन टुर्नामेन्ट अन्तर्गत भएको खेलमा काठमाडौं जिल्ला ७९ रनले विजयी हुन सफल भएको छ ।

अपर मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौंले ललितपुर जिल्लामाथि प्रभावशाली जित हासिल गरेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको काठमाडौं जिल्लाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८१ रनको बलियो योगफल बनायो । काठमाडौंका लागि सोनु देवकोटाले ५७ बलमा ७२ रन तथा उत्तम थापा मगरले ८२ बलमा ७१ रनको महत्वपूर्ण योगदान दिए । ललितपुरका बलर पंकज पाण्डेले २ विकेट लिए भने सदित्या बन्जाराले १ विकेट हात पारे ।

२८२ रनको लक्ष्य पछ्याएको ललितपुर जिल्ला ३५.४ ओभरमा २०२ रनमै अलआउट भयो । ललितपुरका विवेक राना मगरले ७२ बलमा ८८ रन तथा आशुतोष घिरैयाले ३९ बलमा ५१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । काठमाडौंका दयानन्द मण्डल र सोनु देवकोटाले समान ४–४ विकेट लिएर ललितपुरको ब्याटिङ लाइनअप धराशायी पारे ।

यो जितसँगै काठमाडौं जिल्ला ७९ रनले विजयी भयो । उत्कृष्ट प्रदर्शनका लागि सोनु देवकोटा ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

क्रिकेट प्रतियोगितामा काठमाडौंले ब्याटिङ र बलिङ दुवै क्षेत्रमा सन्तुलित प्रदर्शन गर्दै महत्वपूर्ण जित हात पारेको हो ।

क्रिकेट संघ काठमाडौंका सचिव किरण राणाले फाइनलसम्म आफनो टिम पुग्न सक्ने विश्वास व्यक्त गरे । काठमाडौं क्रिकेट संघलाई स्पोन्सर गरेको नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत आफूले साथ दिएको टिमले विजयी हासिल गर्न सफल भएकोमा खुशी व्यक्त गरे ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ