- असार ०६, २०८०
काठमाडौँ। तत्कालीन माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टीभित्रका मठाधीशहरूलाई धूपबत्ती गर्न छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरेकाे बताएका छन्।
आइतबार राष्ट्रिय सभागृहमा आयोजित प्रगतीशल लोकतान्त्रिक पार्टी घोषणा सभामा बाेल्दै नेता शर्माले तत्कालीन माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रति लक्षित गर्दै यस्ताे बताएका हुन्।
‘सामन्तवादको सिंहासनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा सहभागी हामीहरू पार्टीभित्रका मठाधीशहरूलाई धुपबत्ती गर्न छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने प्रक्रियामा सामेल भएका छौं,’ उनले भने।
टिप्पणीहरू: