मङ्गलबार, १८ कात्तिक २०८२

मैले राजीनामा दिने कुरा सत्य हाेइन : उर्जामन्त्री


काठमाडाैं ।  उर्जामन्त्री कुलमान घिसिङले आफूले पदबाट राजीनामा दिने कुरामा सत्यता नरहेको बताएका छन् ।

उनले राजीनामा दिने हल्ला चलेपछि सोमबार साँझ  सामाजिक सञ्जालबाट आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

कुलमानले नयाँ पार्टी गठन गर्न लागेकाे भन्दै मन्त्रिबाट राजनामा दिएर राजनीतिमा सक्रिय हुन लागेकाे हल्ला चलेकाे थियाे ।

‘पदबाट राजीनामा दिनका लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहान्छु’ उनलेका भनेका छन्,’जेन-जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ । तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु ।’

यस्ताे छ उनकाे स्टाटस

विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिंदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता नरहेको  प्रष्ट पार्न चाहान्छु । जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ । तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ