- असार ०६, २०८०
फाइल तस्बिर
काठमाडौँ। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीकाे राजीनामा माग्नु उचित नभएकाे बताएका छन्।
बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै गुरुङले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण नरहेको र छानबिनको प्रक्रियासमेत अघि नबढेकाले राजीनामा माग्नु उचित नभएकाे बताएका हुन्।
‘गृहमन्त्रीले उठेकाे प्रश्नकाे उत्तर दिएपछि पुग्छ। किनभने गृहमन्त्रीविरुद्ध ठोस प्रमाणसहितकाे केही त्यस्ताे छानबिनको प्रक्रिया अघि बढेकाे छैन। गृहमन्त्रीबारे छानबिन अघि नबढेकाे हुनाले जुन आग्रहको आधारमा गृहमन्त्रीको राजीनामा माग्नु उचित होइन’, उनले भने, ‘गृहमन्त्रीले संसदमा उभिएर प्रतिपक्षले उठाएकाे मागहरूबारेमा वक्तव्य दिने, संसद खोल्नुपर्छ भन्ने हो।’
टिप्पणीहरू: