- असार ०७, २०८०
काठमाडाैं। गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो राजीनामा माग्ने जेनजी अगुवाहरुलाई जवाफ दिदै शुद्ध चित्तले कर्म गर्नेबाहेक आफूसँग अर्को विकल्प नरहेको बताएका छन्।
पछिल्लो समय आफ्नोबारे उठेका प्रश्नको जवाफ दिदै उनले गृह मन्त्रालय संवेदनशील भएकाले कतिपय विषयमा के गर्दैछौं भन्न नमिल्ने बताएका छन्।
मन्त्री अर्यालले आफ्नो प्रतिक्रिया सामाजिक संजालबाट सार्वजनिक गर्दै पाइलैपिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचनमार्फत निकासमा लैजाने अभिभार पूरा गर्ने प्रष्ट पारेका छन्।
पछिल्लाे केही दिन यता जेनजी आन्दाेलनका अगुवा सुदन गुरुङले गृहमन्त्री अर्यालले काम नगरेकाे भन्दै राजीनामा माग्न थालेका छन्। बालेनसँग पनि गृहमन्त्री अर्यालकाे दुरी बढकाे छ।
गृहमन्त्री अर्यालकाे भनाई
गृह मन्त्रालय हरेक हिसाबले संवेदनशील मन्त्रालय हो। कतिपय विषयमा के गर्दैछौँ त भन्नै मिल्दैन, के गर्यौँ समेत भन्न नमिल्ने अवस्था हुन्छ। आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक हामीसँग अरु बिकल्प हुँदैन। कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यताका निम्ति धन्यवाद भन्नेछौँ। पाइलै पिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचन मार्फत निकाससम्म डोर्याउने यस सरकारको अभिभारालाई पूरा गर्नेछौँ।
टिप्पणीहरू: