- असार ०६, २०८०
काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता रोक्न नमिल्ने बताएका छन् । जारी केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्दै पार्टी नेतृत्वमा दुई कार्यकालको व्यवस्था अध्यक्ष केपी ओलीले नै लडेर ल्याएको अब छाड्न सुझाब दिए ।
दुई कार्यकाल ओलीले आफैँले लडेर राखेको व्यवस्था भएकाले त्यसलाई कार्यन्वयन गर्नु पर्ने उनकाे भनाई थियाे । 'विद्या भण्डारीको सदस्यता हिजो किन रोकेको ? अध्यक्षले किन रोकेको ? विद्याको सदस्यता रोकेकोमा हिजो पनि मेरो असहमति थियो आज पनि असहमति छ ।'
टिप्पणीहरू: