शनिबार, १० साउन २०८२

मितज्युमा जाेडिए साैगात


काठमाडौं । सौगात मल्ल अनिल बुढा मगरको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘मितज्यू’ मा अनुबन्धित भएका छन्। निर्माण टिमले उनलाई औपचारिक रूपमा अनुबन्ध गर्दै कलाकार टोलीलाई थप मजबुत बनाएको घोषणा गरेको हो।

यसअघि नै फिल्ममा दयाहाङ राई, तेरिया मगर र स्मीता लामिछाने अनुबन्ध भइसकेका थिए। अब सौगातको आगमनसँगै दयाहाङ र सौगातको शक्तिशाली पुनर्मिलन हुने भएपछि फिल्मप्रति दर्शकको उत्साह झनै बढेको निर्माण पक्षको विश्वास छ।

फिल्मको कथा महेश राईले लेखेका हुन् भने निर्माणमा ‘घरज्वाइँ’ का निर्माता जनक घर्ती मगर छन्। निर्देशक अनिल बुढा मगर र निर्माता जनक घर्ती मगरको यो दोस्रो सहकार्य हो। 

फिल्मको सिनेमाटोग्राफी शिशिर बिशङ्खेले सम्हाल्नेछन्। ‘जि.एम. मुभिज प्रोडक्सन प्रा.लि.’को ब्यानरमा निर्माण हुने यो फिल्म मंसिर दोस्रो हप्तादेखि पोखरा आसपास र ढोरपाटन क्षेत्रमा छायांकन सुरु गर्ने तयारीमा छ।

निर्माण पक्षका अनुसार फिल्म यसै वर्षको चैत २७ गते प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ