- असार ०६, २०८०
काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन्।
सर्वोच्च अदालतको फैसलाबाट प्राधिकरणको कार्यकारी निर्देशक पदमा पुनर्बहाली भएपछि बुधबार रत्नपार्कस्थित केन्द्रीय कार्यालय पुगेर कार्यभार सम्हालेका हुन्।
कार्यभार सम्हाल्दै उनले ऊर्जा क्षेत्रको विकासमा आफ्नो क्षमता, दक्षता र योग्यताअनुसार पारदर्शी र नतिजामुखी काम गर्ने दृढता व्यक्त गरे।
टिप्पणीहरू: