बिहिबार, २९ साउन २०८२

नेपालमा हिन्दुत्व राजनीतिले जरा गाड्दैछ : आरएसएसको भूमिका के हाे ?


नेपालको वीरगञ्जस्थित सोनारनिया गाउँमा सुरेश पासवानको घरमा पढिरहेका लगभग ३० जना केटाकेटी पढाई सकिएपछि नेपाललाई हिन्दू राष्ट्र बनाउने र धर्म परिवर्तनसँगै गाई हत्या पनि बन्द गर्ने प्रतिज्ञा गरिरहेका छन् ।

त्यसो भन्नेमा धेरैजसो बालबालिका दलित परिवारका छन् ।

यसलाई एकल विद्यालय भनिन्छ, जुन १९९२ मा सुरु भएको थियो । यस्तो एकल विद्यालय वीरगञ्जमा मात्र नभई नेपालका धेरै क्षेत्रमा सञ्चालनमा छ ।
नेपालमा हिन्दुत्व राजनीतिलाई प्रवद्र्धन गर्न सबैभन्दा बढी सक्रिय रहेको संस्था ‘हिन्दु स्वयंसेवक संघ’ (एचएसएस) लाई जान्छ ।

नेपाल बाहेक, एचएसएसको संस्था अमेरिका, बेलायत, अष्ट्रेलिया र क्यानडा जस्ता देशहरूमा पनि सक्रिय छ ।

आरएसएस र एचएसएसले आफ्नो वेबसाइटमा आफ्नो पारस्परिक सम्बन्धको बारेमा उल्लेख गर्दैनन्, तर उनीहरूको सम्बन्ध हरेक तहमा देखिन्छ । एचएसएसको जनकपुर डिभिजनका कार्यवाहक रञ्जित साह भन्छन् ‘नेपालभरि १०४८ एकल विद्यालय र ३५ पशुपति शिक्षा मन्दिरहरू सञ्चालनमा छन् ।’

सोहनलाल प्रसाद साह नेपालको बारा जिल्लाको एकल विद्यालयका प्रमुख हुन् । हामी वीरगञ्जबाट करिब २० किलोमिटर टाढा रहेको सोनार्निया गाउँ पुग्दा उनी सुरेश पासवानको घरमा सञ्चालित एकल विद्यालयमा शिक्षकको रूपमा कार्यरत थिए ।

सोहनलाल प्रसाद साह बताउँछन् ‘यो विद्यालय र उनी आफैं, दुवै आरएसएससँग सम्बन्धित छन् ।’

सोहनलाल प्रसाद साह भन्छन् ‘एकल विद्यालय आरएसएसको हो । यो कुनै भवनमा चल्दैन । एकल विद्यालय कसैको घरमा वा रूखमुनि चल्छ ।’
हामी स्कूलमा बालबालिकाहरूलाई हाम्रो संस्कृतिको बारेमा सचेत गराउँछौँ । हामी उनीहरूलाई संस्कृतिमा आधारित शिक्षा दिन्छौं । यसमा गाईको सम्मान गर्ने, धर्म परिवर्तनको बारेमा जागरूकता सिर्जना गर्ने र नेपाललाई फेरि हिन्दू राष्ट्र बनाउने जस्ता मुद्दाहरू समावेश छन् ।

सोहनलाल प्रसाद साहले आफ्नो २१ दिने आरएसएस ‘ओटीसी तालिम’ गोरखपुरमा भएको बताए ।

पशुपति शिक्षा मन्दिर

नेपालमा हिन्दुत्वको यो अभियानमा नेतृत्व तहमा दुई जना सक्रिय छन् – रवित कुमार र वेद प्रकाश । कुराकानीमा, दुवै जनाले नेपालमा आरएसएसको भूमिकाको बारेमा केही पनि भन्न अस्वीकार गरे । रवित कुमार मेरठका हुन् र वेद प्रकाश नेपालको विराटनगरबाट आएको बताउँछन् ।

पशुपति शिक्षा मन्दिरमा हामीलाई देखेर आरएसएसका रवित कुमार र वेद प्रकाशले आश्चर्य व्यक्त गर्दै भने ‘तपाईहरु यहाँ पनि आइपुग्नु भयो ?’ वास्तवमा, हामीले उहाँलाई पहिले काठमाडौंमा भेटेका थियौं ।

शाखामा भ्रमण गरेका केही व्यक्तिहरूका अनुसार यस प्रशिक्षण कार्यक्रममा स्वयंसेवकहरूलाई तालिम दिने व्यक्तिहरू आरएसएसका नै हुन् । शाखा समाप्त हुनुभन्दा अघिको प्रार्थनाको क्रममा, रवित कुमार र वेद प्रकाश पनि आफ्नो दाहिने हात छातीमा थिचेर ध्यान मुद्रामा उभिएका देखिए ।

आरएसएस र एचएसएस कहिले एउटै हुन्छन् र कहिले फरक हुन्छन् भन्ने कुरा छुट्याउन गाह्रो छ । काठमाडौंमा रहेको एचएसएसका मुख्यालयको नाम केशव धाम हो र दिल्लीमा रहेको आरएसएस मुख्यालयको नाम केशव कुञ्ज हो ।

हामीले नेपालमा एचएसएसका राष्ट्रिय संयोजक तथा पूर्व प्रहरी अधिकृत कल्याण कुमार तिम्सिनालाई केशव धाममा भेट्न अनुरोध गर्यौं तर उनी त्यहाँ भेट्न राजी भएनन् ।

यसपछि, हामीले उनलाई काठमाडौंस्थित ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ को कार्यालयमा भेट्यौं । कल्याण कुमारलाई आरएसएस र नेपालसँग सम्बन्धित प्रश्नहरू सोध्दा, ‘हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान’ का महासचिव देवेश झाले उनको अगाडि मोबाइल स्क्रिन राख्थे र उनी त्यही मोबाइल स्क्रिन हेरेर जवाफ दिइरहन्थे ।

कुराकानीभरि उनले आरएसएससँग आफ्नो कुनै सम्बन्ध नभएको देखाउने प्रयास गरे तर उनले खुलेआम स्वीकार गरे कि हिन्दुत्व उनको लक्ष्य हो ।
हामीले धेरै कुराहरू देख्यौं जसले आरएसएससँग उनीहरूको गहिरो सम्बन्ध प्रकट ग¥यो । उदाहरणका लागि, वीरगञ्जको पशुपति शिक्षा मन्दिरको सन्दर्भ हेर्नुहोस् । प्रधानाध्यापकको कक्षको नाम हेडगेवार कोठा हो र गोलवलकरको तस्वीर स्कूलको दोस्रो तल्लामा राखिएको थियो ।

केशव बलिराम हेडगेवार आरएसएसका संस्थापक थिए र माधव सदाशिव गोलवलकर आरएसएसका दोस्रो सरसंघ चालक थिए । हामीले यस विद्यालयमा नेपालका कुनै पनि महान् व्यक्तिको तस्वीर देखेनौं ।

फेब्रुअरी २०२३ मा, मैले एचएसएसका जनकपुर डिभिजनल केयरटेकर रंजित साहलाई उनको कार्यालयमा भेट्यौै । उनको कुर्सीको ठीक पछाडि आएसएस संस्थापक केशव बलिराम हेडगेवार र माधव सदाशिवराव गोलवलकरका तस्बिरहरू थिए ।

तस्बिरहरू देखाउँदै हामीले रञ्जित साहलाई सोध्यौं कि के यी तपाईंको आदर्श हुन् ? रञ्जित साहको जवाफ थियो– ‘म स्वयंसेवक हुँ । यी बाहेक अरू को हाम्रो आदर्श हुन सक्छ ?’

वीरगञ्जका उमेश यादव भन्छन् कि उनी बाल स्वयंसेवक थिए र अहिले एचएसएसमा समर्पित छन् ।

उमेश यादव भन्छन् स्वयंसेवकहरूको लागि तेस्रो वर्षको प्रशिक्षण कार्यक्रम नागपुरस्थित संघको मुख्यालयमा हुन्छ । स्वयंसेवकहरू आरएसएस का हुन् या एचएसएसका, यसले फरक पार्दैन ।

उमेश यादवलाई लाग्छ स्वयंसेवक भएको कारणले गर्दा उनी आफ्नो जीवनमा धेरै अनुशासित भएका छन् र देशभक्तिको बारेमा सचेत भएका छन् ।
वाल्टर एन्डरसन अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयमा दक्षिण एसिया अध्ययनका प्राध्यापक हुन् । उनले पत्रकार तथा लेखक श्रीधर डी दामलेसँग मिलेर ’द आरएसएस, अ भ्यू टु द इनसाइड’ पुस्तक लेखेका छन् ।

आरएसएस विदेश शीर्षकको अध्यायमा वाल्टर र दामलेले लेख्छन्, “हिन्दू स्वयंसेवक संघ (एचएसएस) शब्द आरएसएसको विदेशी शाखाको लागि प्रयोग गरिन्छ ।
एचएसएसले विश्वव्यापी स्तरमा ‘राष्ट्रिय’ शब्द प्रयोग गर्दैन किनभने त्यो शब्दले यसलाई एक विशिष्ट भौगोलिक क्षेत्रमा सीमित गर्दछ ।

वाल्टर र डाम्ले लेख्छन्, एचएसएसको उपस्थिति लगभग तीन दर्जन देशहरूमा छ । विदेशमा मोदीको ¥यालीहरूको सफलतामा एचएसएसले  महत्त्वपूर्ण भूमिका खेल्छ ।

२८ सेप्टेम्बर २०१४ को दिउँसो अमेरिकाको न्यूयोर्कको म्याडिसन स्क्वायरमा नरेन्द्र मोदीको ¥यालीमा आरएसएसको विदेशी शाखा एचएसएसका स्वयंसेवकहरू पनि ठूलो संख्यामा उपस्थित थिए ।

उनी लेख्छन्, ‘प्रत्येक देशको एचएसएस एकअर्काबाट र प्रशासनिक र कानुनी मामिलामा आरएसएसबाट स्वतन्त्र छ । तर प्रायः पूर्ण–समय आरएसएस प्रचारकहरूले आफ्नो काम हेर्छन् । भाजपा विदेशमा मोदीको -यालीहरू आयोजना गर्नमा संलग्न छ ।

यस पुस्तकमा, वाल्टर र दामलेले ओएफबीजेपीका संयोजक विजय चौथाईवालेलाई उद्धृत गरेका छन्, जसमा उनले ¥यालीहरूमा आफ्नो सबैभन्दा महत्त्वपूर्ण काम ‘प्रतिभाशाली, ऊर्जावान, भारत समर्थक र निस्वार्थ मानिसहरू’ खोज्नु र उनीहरूलाई स्थानीय एचएसएसमा समावेश गर्नु भनेको बताएका छन् ।
आरएसएस र एचएसएस बीच के सम्बन्ध छ ? यो प्रश्न नेपालमा आरएसएस प्रचारक रवित कुमारलाई प्रश्न गर्दा उनले यसबारे टिप्पणी गर्ने अधिकार आफूलाई नभएको बताए ।

रवित कुमारले भने ‘तपाईंले भारतमा सम्पर्क गर्नुपर्छ ।’ भारतमा आरएसएसका सह–प्रचार प्रमुख प्रदीप जोशीलाई प्रश्न गर्दा उनले यस विषयमा टिप्पणी गर्न नचाहेको बताए ।

नेपालमा आरएसस

पृथ्वीनारायण शाहलाई आधुनिक नेपालका निर्माता भनिन्छ । उनको विचारधारा आरएसएससँग नजिक रहेको भनिन्छ ।

स्तम्भकार सीके लाल भन्छन्, ‘पृथ्वी नारायण शाह भन्नुहुन्थ्यो सैनिकहरू मार्फत युद्ध जित्न सकिन्छ, तर विजय पछि नियन्त्रण कायम राख्न विचारधारा आवश्यक छ ।’
पृथ्वीनारायण शाहले नेपाललाई वास्तविक ‘हिन्दुस्तान’ भन्थे । किनभने हिन्दुस्तान भनिने ठाउँमा मुगलहरूले शासन गर्थे र त्यसपछि बेलायतीहरू आए तर, नेपाल स्वतन्त्र रह्यो ।

सीके लाल भन्छन्, ‘नेपालका राजा र राजकुमारहरू आफ्नो धार्मिक वैधताको लागि काशी जान्थे । पृथ्वीनारायण शाहले पनि काशीमा आफ्नो गोत्र परिवर्तन गरेका थिए ।’

मराठी ब्राह्मणहरू र नेपाल बीचको ऐतिहासिक सम्बन्धको बारेमा सीके लाल भन्छन्, ‘१८५७ को विद्रोहमा कानपुरको युद्ध हारेपछि, नाना साहेब पेशवा नेपाललाई हिन्दू राष्ट्र मान्दै पुगे । १९२५ मा, मराठी ब्राह्मणहरूले आरएसएस गठन गरे ।’

चन्द्र शमशेरसँग मराठीको सम्बन्ध

नेपालमा चन्द्र शमशेर राणाको शासनकाल (१९०१–१९२९) र आरएसएसको गठन (१९२५) एउटै अवधिमा भएको थियो । चन्द्र शमशेर राणाको शासनकालमा मराठी ब्राह्मणहरूको सम्बन्ध बलियो भयो ।

चन्द्र शमशेर राणाका छोरीहरूको विवाह भारतमा भयो र यो निरन्तरता जारी रह्यो । ग्वालियरकी राजमाता भनेर चिनिने विजयाराजे सिन्धिया पनि यही परिवारकी थिइन् र प्रत्यक्ष रूपमा आरएसएससँग सम्बन्धित थिइन् ।

सीके लाल भन्छन्, ‘राजा महेन्द्रको मातृभूमि पनि भारतमा थियो । यी सम्बन्धहरू हिन्दुवादीहरूसँग बढी थिए । जुन समयमा कोही पनि आरएसएसमा सामेल हुन चाहँदैनथे । त्यतिबेला, आरएसएस नेपालको सत्तारुढ दलसँग नजिक थियो । नेपालमा सुरुदेखि नै ब्राह्मणवाद बलियो छ । १९५६ मा, डा. भीमराव अम्बेडकरलाई पशुपति मन्दिरमा प्रवेश गर्न अनुमति थिएन ।’

१९६४ मा, नेपालका राजा महेन्द्र आरएसएसको निमन्त्रणामा नागपुरमा एक -यालीलाई सम्बोधन गर्न आउने कार्यक्रम थियो । भारतको तत्कालीन कांग्रेस सरकारलाई राजा महेन्द्रको -यालीमा आउने कुराले धेरै असहज भयो । त्यस समयमा गोलवलकर आरएसएसको इन्चार्ज थिए र उनले नै राजा महेन्द्रको आगमनको घोषणा गरेका थिए ।

आरएसएसको निमन्त्रणा स्वीकार गर्नुअघि राजा महेन्द्रले भारत सरकारलाई सम्पर्क गरेका थिए कि थिएनन् भन्ने कुरा स्पष्ट थिएन । अन्तत : भ्रमण रद्द गरियो ।
१९६० को दशकमा नेपालका लागि भारतका राजदूत रहेका श्रीमान नारायणले आफ्नो पुस्तक ‘भारत र नेपाल ः खुला लोकतन्त्रमा एक अभ्यास’ मा लेख्छन्, ‘राजा महेन्द्रले आरएसएसको निमन्त्रणा स्वीकार गरेका थिए, जब दिल्लीको कांग्रेस सरकारसँग उनको सम्बन्ध धेरै राम्रो थिएन । अर्कोतर्फ, आरएसएसले नेपालका राजालाई हिन्दू सम्राटको रूपमा हेथ्र्यो ।’

२००८ मा नेपालमा राजतन्त्रको अन्त्य भएपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने । त्यसपछि २००९ मा उनले काठमाडौंको पशुपतिनाथ मन्दिरमा भारतीय पुजारीको सट्टा नेपाली पुजारी नियुक्त गरे ।

पशुपति मन्दिरका मुख्य पुजारी महाबलेश्वर भट्ट र अन्य दुई जनाले प्रचण्ड नेतृत्वको माओवादी सरकारको दबाबमा राजीनामा दिएका थिए । यो राजीनामा पछि इतिहासमा पहिलो पटक पशुपति मन्दिरमा नेपाली पुजारी नियुक्त गरिएको थियो ।

यसको विरोधमा एचएसएस स्वयंसेवकहरूले पशुपति मन्दिर बाहिर विरोध प्रदर्शन पनि गरे ।

ऐतिहासिक रूपमा, कर्नाटकका भट्टहरू काठमाडौंको पशुपतिनाथ मन्दिरमा पुजारी थिए । एचएसएसका तत्कालीन अध्यक्ष उमेश खनालले भारतको अंग्रेजी पत्रिका हिन्दुस्तान टाइम्सलाई भने ‘हामी धार्मिक मामिलामा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप सहन गर्दैनौं । आवश्यक परेमा, हामी भगवान पशुपतिनाथलाई बचाउन हतियार पनि उठाउन सक्छौं ।’

हिन्दू स्वयंसेवक संघका वर्तमान राष्ट्रिय अध्यक्ष कल्याण कुमार तिम्सिनाले बीबीसीलाई भने कि शताब्दीयौंदेखि चलिआएको परम्परा तोड्ने अधिकार कसैलाई छैन । उनी भन्छन्, ‘अब सबै कुरा ठीक भएको छ । अब प्रचण्ड पनि पूजाको लागि महाकाल (उज्जैन) जाँदैछन् ।’

आरएसएसमाथि बीपी कोइरालाको कडाइ

नेपालका राजनीतिक दलहरूको एक वर्गमा आरएसएसको बारेमा असहजता रहेको छ । सन् १९५९ मा बीपी कोइराला नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेपछि यो असहजता अझ बढ्यो ।

१९६० मा, नेपालगञ्जमा ‘साम्प्रदायिक सद्भाव बिगार्ने’ र नेपालको ‘नयाँ देश’ (बाँके, बर्दिया, कायलाली र कञ्चनपुर) लाई भारतमा पुनः गाभ्ने कथित अभियानलाई लिएर धेरै हंगामा भएको थियो ।

१९६० मा नेपालको संसदमा प्रधानमन्त्री बीपी कोइरालालाई यस घटनाको बारेमा प्रश्न सोधिएको थियो । बीपी कोइरालाले संसदमा भनेका थिए, ‘नेपालगञ्जमा साम्प्रदायिक र मधेसी विरुद्ध पहाडी भावना फैलाएको आरोपमा प्रहरीले केही मानिसहरूलाई पक्राउ गरेको छ, उनीहरू विरुद्ध कानुनी कारबाही गरिनेछ । १८५७ को विद्रोहपछि नेपालगञ्ज नेपालले अधिग्रहण गरेको थियो र यो क्षेत्र भारतमा जानुपर्छ भन्ने प्रचारमा उनीहरू संलग्न थिए ।

नेपाली इतिहासकार ग्रिष्म बहादुर देवकोटा लेख्छन्, ‘यसपछि, पश्चिमाञ्चलका डीआईजीले आफ्नो कुरा राख्दै भने विगत दुई हप्तादेखि, स्थानीय युवाहरू,विद्यार्थी र अन्य व्यक्तिहरूलाई लाठी र तरवार दिइँदै थियो र भारतीय राष्ट्रिय झण्डा र भगवा झण्डा बोक्ने तालिम दिइँदै थियो । यस मुद्दामा ‘नारायण शिक्षा प्रसार योजना’का निर्देशक श्रीदानबहादुर सिंह, नारायण इन्टर कलेजका प्रिन्सिपल श्यामलाल पाण्डे, नारायण इन्टर कलेजका शिक्षक खेमराज शाह (नेपाली नागरिक) र हिन्दुस्तान समाचार एजेन्सीका प्रतिनिधि गया प्रसाद मिश्र (भारतीय) सहित छ जनालाई पक्राउ गरिएको थियो । नेपाली कूटनीतिज्ञ विजयकान्त कर्णले काठमाडौंमा सामाजिक समावेशीकरण र संघीयता केन्द्र नामक थिंक ट्याङ्क चलाउथे ।

उनी भन्छन्, ‘बीपी कोइराला नेहरू र लोहियाको विचारधारा बोकेका नेता थिए । उनको राजनीतिमा धर्मनिरपेक्षता कहिल्यै हराउन सकेन । उनी हिन्दुत्व राजनीति र आरएसएसको बारेमा धेरै कडा थिए ।

१८ महिनाको कार्यकालपछि राजा महेन्द्रले १९६० मा कोइरालालाई प्रधानमन्त्री पदबाट हटाएर जेल हाले । यसको एउटा कारण यो थियो  उनी हिन्दुत्व राजनीतिको विरुद्धमा थिए । बीपी कोइराला जेल परेपछि मात्र नेपाल हिन्दु राष्ट्र बनेको थियो ।

नेहरू बेखुसी

रोचक कुरा के छ भने, बीपी कोइरालाले ‘भारत छोडो आन्दोलन’ मा भाग लिएका थिए र जेल पनि गएका थिए, जबकि आरएसएसले एक संगठनको रूपमा आफूलाई भारत छोडो आन्दोलनबाट टाढा राखेको थियो ।

राजा महेन्द्रले बीपी कोइरालालाई प्रधानमन्त्री पदबाट हटाएर जेल हाल्दा भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरूले असन्तुष्टि व्यक्त गर्दै यसलाई ‘शाही विद्रोह’ भनेका थिए ।

नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रे भन्छन् ‘नेहरूको असन्तुष्टि देखेर राजा महेन्द्रले भारतमा नेहरू विरोधी शक्तिहरूको समर्थन प्राप्त गर्ने प्रयास गरेका थिए ।

रणजित रेले आफ्नो पुस्तक ‘काठमाडौं डिलेमा ः रिसेटिङ इन्डिया नेपाल टाईज’ मा लेख्छन्, ‘राजा महेन्द्रले हिन्दू भावनालाई पूँजीकृत गर्ने प्रयास गरे ।’
बीपी कोइराला पछि, नेपालमा दलविहीन पञ्चायती व्यवस्था अस्तित्वमा आयो । यस प्रणाली अन्तर्गत, तुलसी गिरी प्रधानमन्त्री बने । तुलसी गिरी राजनीतिक रूपमा कोइरालाको विपरीत थिए र राष्ट्रिय स्वयंसेवक संघका सदस्य पनि । यो त्यो अवधि थियो जब हिन्दुत्व राजनीतिले फस्टाउने मौका पायो ।’

रञ्जित रे भन्छन्, ‘राजा महेन्द्रका उत्तराधिकारी वीरेन्द्रलाई विश्व हिन्दू महासंघले विश्व हिन्दू सम्राट घोषणा गरेको थियो । विश्व हिन्दू महासंघ विश्व हिन्दू परिषदसँग सम्बन्धित छ । तत्कालीन विश्व हिन्दू नेता अशोक सिंघल पनि त्यस समयमा शाही दरबारमा जान्थे ।’

धर्म र राजनीति बीचको विरोधाभास

१८१६ मा सुगौली सन्धिले एङ्ग्लो–नेपाल युद्ध समाप्त ग-यो र ब्रिटिश कम्पनीले नेपाल र भारत बीचको अन्तर्राष्ट्रिय सीमा कोर्यो ।
१८५७ मा भारतमा अंग्रेज विरुद्ध विद्रोह भएको थियो । यसलाई पहिलो स्वतन्त्रता संग्राम पनि भनिन्छ । यसको सामना गर्न कम्पनी सरकारले नेपालका तत्कालीन प्रधानमन्त्री जंग बहादुर राणासँग सहयोग मागेको थियो ।

यसपछि, राणा आफैं आफ्ना सिपाहीहरूसँग अंग्रेजहरूको तर्फबाट लड्न गए । राणा आफैंले यो सेनाको नेतृत्व गरे ।

अर्कोतर्फ, अवधका अन्तिम नवाब वाजिद अली शाहकी पत्नी बेगम हजरत महल १८५७ मा अंग्रेजहरू विरुद्ध लडिरहेकी थिइन् । जंग बहादुर राणाको आगमनले अंग्रेजहरूलाई फाइदा पु¥यायो र बेगम हजरत महलले नेपालमा शरण लिनुप¥यो । बेगम हजरत महलले १८७९ मा नेपालमा अन्तिम सास फेरिन् ।

जंगबहादुर राणाको सहयोगमा खुसी हुँदै, बेलायती सरकारले भारतका चार शहरहरू नेपाललाई हस्तान्तरण ग¥यो । यी जिल्ला बाँके, बर्दिया, कायलाली र कञ्चनपुर थिए । यी चार शहरहरूलाई नेपालमा ‘नयाँ मुलुक’ पनि भनिन्छ ।

नेपालमा हिन्दुत्वको शक्ति

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०१८ मा जनकपुरको भ्रमण गरेका थिए । प्रधानमन्त्री मोदीको जनकपुर भ्रमण अघि र पछि यस शहरमा धेरै परिवर्तनहरू भए ।
प्रधानमन्त्री मोदीलाई स्वागत गर्न जनकपुर उपमहानगरपालिकाका तत्कालीन मेयर लाल किशोर साहले शहरका धेरै भित्ताहरूलाई रंगले रंगाएका थिए । जनकपुर उपमहानगरपालिकाको नाम परिवर्तन गरेर ‘जनकपुर धाम उपमहानगरपालिका’ राखिएको थियो ।

नेपालका धेरै मानिसहरू विश्वास गर्छन् कि २०१४ मा नरेन्द्र मोदी भारतको प्रधानमन्त्री बनेपछि नेपालमा हिन्दुत्व राजनीतिले बल पाएको छ ।
अर्कोतर्फ, धेरै मानिसहरू यो पनि विश्वास गर्छन् कि नेपालमा मुस्लिमहरूको सन्दर्भमा वातावरण परिवर्तन हुँदैछ । बिहार र उत्तर प्रदेशसँग जोडिएको मधेस क्षेत्रमा हरेक दिन साम्प्रदायिक तनाव देखिँदैछ ।

यस वर्ष अप्रिल १२ मा हनुमान जयन्तीको जुलुसको क्रममा साम्प्रदायिक झडप भएको थियो । धेरै पसलहरूमा आगजनी पनि गरिएको थियो । साम्प्रदायिक तनावलाई ध्यानमा राख्दै जिल्ला प्रशासनले कफ्र्यू लगाएको थियो । यसअघि २०२३ मा रामनवमीको जुलुसको क्रममा साम्प्रदायिक झडप भएको थियो ।
मधेसको वीरगञ्ज क्षेत्रमा बसोबास गर्ने मानिसहरू भन्छन् कि नेपालमा यस्ता घटनाहरू पहिले कहिल्यै भएका थिएनन् ।

मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत भन्छन् ‘भारत ठूलो देश हो, त्यसैले राम्रा र नराम्रा दुवै कुरा आउँछन् ।’

लालबाबु राउत भन्छन्, ‘बिहारमा स्कुल जाने केटीहरूलाई निःशुल्क साइकल उपलब्ध गराउने योजना सुरु गरिएको थियो । हामीलाई पनि यो योजना मन पर्यो, त्यसैले हामीले मधेसमा सुरु गर्यौं । त्यसैगरी, युपी र बिहारको साम्प्रदायिक राजनीतिको ज्वाला मधेसमा पनि पुग्छ ।’

ज्योत्स्ना साउद विश्व हिन्दू परिषदसँग सम्बन्धित संगठन विश्व हिन्दू महासंघकी उपाध्यक्ष हुन् ।

नरेन्द्र मोदी भारतको प्रधानमन्त्री बनेको विषयमा ज्योत्स्ना साउद भन्छिन्, ‘हामीसँग निश्चित रूपमा नैतिक बल छ । नरेन्द्र मोदी हिन्दुत्वको प्रेरणाको स्रोत हुनुहुन्छ र हामीले उहाँबाट नैतिक साहस पनि पाएका छौं । हामी सबै चाहन्छौं कि नेपाल फेरि हिन्दु राष्ट्र बनोस् ।’

लोकराज बराल भारतका लागि नेपालका राजदूत भइसकेका व्यक्ति हुन् । बराललाई लाग्छ नेपालको राजनीतिमा आरएसएसको प्रभाव बढेको छ ।

बराल भन्छन्, ‘भारतमा भाजपाले भारत माता की जयको नारा लगाउँछ । त्यसैगरी नेपालमा पनि ‘नेपाल आमाको जय’ को प्रवृत्ति बढेको छ ।’
‘आमाको जय’ को नारा यहाँको राजनीतिक परम्परामा छैन । विगत १० वर्षमा यस्ता धेरै कुराहरू बढेका छन् । नेपालमा हिन्दू धर्म हिन्दुत्वमा परिणत हुँदैछ ।
जावेद खातुन नेपालको बर्दिया जिल्लाका हुन् र नेपाली कांग्रेसका सांसद हुन् । जावेद खातुनलाई लाग्छ नरेन्द्र मोदी भारतको प्रधानमन्त्री बनेपछि ‘नेपालको मधेश क्षेत्रमा साम्प्रदायिक सद्भाव प्रत्यक्ष रूपमा प्रभावित भएको छ ।’

जावेद खातुन भन्छिन् ‘यहाँ धार्मिक द्वन्द्व बढेको छ । हामी माता जानकी र गौतम बुद्धको भूमिबाट हौं, जहाँ घृणाको लागि कुनै ठाउँ छैन । तर अब परिस्थिति परिवर्तन हुँदैछ । भारतमा जुनसुकै राजनीति हावी भए पनि, त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पर्छ ।’

कल्याण कुमार तिम्सिना नेपालका अतिरिक्त प्रहरी महानिदेशक थिए । अहिले उनी नेपाल हिन्दू स्वयंसेवक संघका राष्ट्रिय संघचालक हुन् ।
भारतको नरेन्द्र मोदी सरकारले नेपालमा साम्प्रदायिक सद्भावमा नकारात्मक प्रभाव पारेको भन्ने केही सांसदहरूको आरोपबारे उनी भन्छन् ‘
यदि नेपाल हिन्दू राष्ट्र भएको भए साम्प्रदायिक सद्भाव राम्रो हुन्थ्यो ? त्यसैले हामी यसलाई हिन्दू राष्ट्र बनाउन माग गरिरहेका छौं । नरेन्द्र मोदीभन्दा पहिले पनि यहाँ हिन्दूत्वको राजनीति थियो ।’

हिन्दुत्वले नेपाललाई कहाँ पु-याउँछ ?

हिन्दू पहिचानको राजनीति गर्ने मानिसहरूलाई लाग्छ कि यो नेपालमा जनजागरणको युग हो, जहाँ मानिसहरू आफ्नो हिन्दू पहिचानको बारेमा मुखर हुँदैछन्, जुन उनीहरूको विचारमा राम्रो कुरा हो ।

साथै, नेपालका धेरै मानिसहरू विश्वास गर्छन् कि यदि नेपालमा हिन्दुत्व राजनीतिको शक्ति बढ्यो भने नेपालको सार्वभौमसत्ता खतरामा पर्नेछ ।
नेपालका पूर्व परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २०२३ मा बीबीसीसँगको कुराकानीमा भनेका थिए कि नेपालमा राजतन्त्रका समर्थक र हिन्दुत्वको राजनीति गर्नेहरू उस्तै हुन् ।

प्रदीप ज्ञवालीले भनेका थिए ‘मलाई लाग्छ नेपालमा हिन्दुत्वको राजनीतिक बलियो हुँदै गएको छ । यो नेपालको सार्वभौमताको लागि खतरा हो ।’
सर्लाहीका स्वतन्त्र सांसद अमरेश सिंह पनि यदि नेपालमा हिन्दुत्वको प्रभाव बढ्यो भने नेपालको सार्वभौम अस्तित्वको बारेमा दुविधा बढ्नेछ ।
अमरेश सिंह भन्छन्, ‘जब दुई देशको राष्ट्रवाद एक हुन्छ तब सार्वभौमसत्ता भन्ने कुनै चीज रहँदैन ।’

अमरेश सिंहको आरोप छ, ‘मेरो टिकट रद्द भयो, मुस्लिम उम्मेदवारहरूको टिकट पनि रद्द भयो । यसको परिणामस्वरूप नेपालमा एक जना पनि मुस्लिम प्रत्यक्ष चुनाव लडेर संसदमा पुग्न सकेको छैन । जति पनि मुस्लिम सांसद छन्, उनीहरू समानुपातिक प्रणालीबाट संसदमा पुगेका छन् ।’
स्वतन्त्र सांसद हुनुअघि अमरेश सिंह नेपाली कांग्रेसको टिकटबाट चुनाव जित्थे ।

एचएसएसका राष्ट्रिय संयोजक कल्याण कुमारले तिम्सिना अमरेश सिंहको आरोप अस्वीकार गरे । कल्याण कुमार भन्छन्, ‘उनीहरूको काम आरोप लगाउनु हो, त्यस्ता आरोपले कोही के गर्न सक्दैन ।’

नेपालमा धार्मिक पहिचानको राजनीतिले गति लिइरहेको छ । मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतको नामबाट उनी मुस्लिम हुन् भनेर अनुमान लगाउन गाह्रो छ ।

राउत भन्छन्, ‘मेरो नाम लालबाबु राउत हो, मेरी आमाको नाम राधिका हो, मेरो बुबाको नाम दशरथ राउत हो र मेरो भाइको नाम राम राउत हो । केही मानिसहरू राजनीतिलाई विकृत गर्न खोजिरहेका छन् । मेरो धार्मिक पहिचान अब राजनीतिमा अनिवार्य हुँदै गइरहेको छ ।’
पार्टीका सदस्यहरूले मेरो नामको अगाडि मोहम्मद थप्छन् । मैले मेरो छोराको नाम दाऊद राखेको छु । अब धार्मिक पहिचानको लागि मानिसहरूको माग बढेको छ ।’ 

नेपालमा लालबाबु राउत र दशरथ राउतको पुस्ता समाप्त हुँदैछ, जहाँ नाम धर्मको प्रतीक थिएन ।

धेरै मानिसहरू विश्वास गर्छन् कि नेपालको राजनीतिमा धार्मिक ध्रुवीकरणको धेरै सम्भावना छैन किनभने यहाँ मुश्किलले पाँच देखि छ प्रतिशत मुस्लिमहरू छन्, कुल मुस्लिम जनसंख्याको ९७ प्रतिशत मधेस क्षेत्रमा छ जुन बिहार र उत्तर प्रदेशको केही भागसँग जोडिएको छ ।

भारतका लागि पूर्व नेपाली राजदूत लोकराज बराल भन्छन् कि नेपालमा हिन्दुत्व राजनीतिको अर्थ ‘धार्मिक ध्रुवीकरण’ होइन, यो राजनीतिले नेपालको सार्वभौमसत्तामाथि मात्र चुनौती खडा गर्नेछ ।

बीबीसी  हिन्दीबाट
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ