शुक्रबार, २७ चैत २०८२

हाजिरी जमानीमा रिहा भए बले


काठमाडौं । कलाकार सागर लम्साल (बले) हाजिरी जमानीमा रिहा भएका छन् ।

बलात्कार आरोपमा चैत २१ गते काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका बले आज हाजिरी जमानीमा रिहा भएका हुन् ।

अमेरिकामा बस्ने एक युवतीले गत साता शुक्रबार बलेमाथि अमेरिकामै बलात्कार गरेको आरोप लगाएकी थिइन् । सोही आरोपका आधारमा अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

हाँस्य कलाकारका रुपमा परिचित बलेमाथी बलात्कार आराेप लागेपछि निर्माणाधिन चलचित्र पाँच पाण्डवबाट निकालिएका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ