आइतबार, १७ जेठ २०८३

प्रधानमन्त्री उपस्थित नभएकाे भन्दै हर्क साङपाङले गरे संसद बैठक बहिष्कार


फाइल तस्बिर

काठमाडाैं ।  श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले प्रधानमन्त्री संसद्‍मा उपस्थित नभएको भन्दै संसद् बैठक बहिस्कार गरेका छन्। 

बुधबार प्रतिनिधसभाको बैठक सुरु हुनासाथ आफ्ना भनाई राखेका राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित गराउन नसक्ने भए आफूलाई सभाबाट निष्कासन गर्न सभामुखसँग माग गरेका थिए। 

त्यसलगत्तै साम्पाङ प्रतिनिधिसभा बैठक छाडेर बाहिरिएका हुन्। 

‘सदनमा प्रधानमन्त्रीको उपस्थितिको माग हामीले धेरै गरेपनि प्रधानमन्त्री उपस्थित हुनु भएन। सभामुखले पनि रुलिङ गरेर उहाँलाई ल्याउन सक्नु भएन,’ सदनबाट बाहिरिनुअघि साम्पाङले भने, ‘प्रतिनिधिसभा नियमावली १५ (२) अनुसार प्रधानमन्त्रीलाई जवाफदेही बनाएर सदनमा ल्याउन सक्नु हुन्न भने सभामुखज्यूले नियमावली ३१ को (१) लागू गरेर मलाई सदनबाट निस्काशन गर्नुहोस्।’

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ