मङ्गलबार, १८ कात्तिक २०८२

हर्क साम्पाङले पाए दल दर्ताको प्रमाणपत्र


काठमाडौंँ। निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ नेतृत्वको नयाँ राजनीतिक दल श्रम संस्कृति पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान गरेको छ।

आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ अनुसार उक्त पार्टीलाई दल दर्ताको प्रमाणपत्र आज प्रदान गरेको हो।

आयोगका अनुसार जेन जी आन्दोलनपछि आयोगमा सातवटा नयाँ दलले दर्ताका लागि आवेदन गरेकामा  साम्पाङ नेतृत्वको पार्टीले सबैभन्दा पहिले प्रमाणपत्र प्राप्त गरेको हो। आयोगमा १२५ दलको दर्ता कायम छ।

दल दर्ताको प्रमाणपत्र प्राप्त गरेपछि साम्पाङले भने, ‘हामीले २८ सदस्यीय कार्यसमिति बनाएका छौँ, हामी देशका लागि काम गरेर देखाउँछौँ। देश र जनताप्रति हामी इमानदार छौँ।’

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ