बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



जेनजी आन्दाेलनमा क्षतिग्रष्त भएकाे कांग्रेस, एमाले र माओवादी पार्टी कार्यालयकाे सरकारले अनुगमन गर्ने
शुक्रबार, २२ जेठ २०८३

जेनजी आन्दाेलनमा क्षतिग्रष्त भएकाे कांग्रेस, एमाले र माओवादी पार्टी कार्यालयकाे सरकारले अनुगमन गर्ने


काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा राजनीतिक दलका पार्टी कार्यालयमा भएको क्षतिको अनुगमन गर्ने भएको छ । आज नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रलगायतका दलका कार्यालय अनुगमन गर्न लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।  

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अजयभद्र खनालसहितको टोलीले क्षतिग्रस्त पार्टी कार्यालय अनुगमन गर्ने जनाइएको छ । मंगलबार बिहान ११ बजे नेपाली कांग्रेसको पार्टी कार्यालय अनुगमन गरेपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लगायतको पार्टी कार्यालय अनुगमन गर्ने तालिका छ । 

आगामी फागनु २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको वातावरण बन्दै गएको अवस्थामा सरकारले सरोकारवाला पक्षसँग वार्ता तथा संवादलाई तीव्रता दिएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ