- असार ०६, २०८०
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले सेनाको दुरुपयोग गरेर सुकुम्वासी बस्तीमा आतंक मच्चाएको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बाेल्दै अध्यक्ष साङपाङले देश आज अभिभावक विहीन बनेको भन्दै सरकारको औचित्य नभएको धारणा राखे ।
नेपाली सेनाबारे प्रश्न गर्दै सरकारले सेनालाई सीमा रक्षा गर्न पठायो कि सुकुम्वासी बस्तीमा दादागिरी देखाउन भनेर प्रश्न गरे । उनले सरकारले सीमा बचाउन नसक्ने तर सेनाको दुरुपयोग गरेर आफ्नै गरिब जनतामा आतंक फैलाएकाे आराेप लगाए ।
टिप्पणीहरू: