आइतबार, २५ जेठ २०८२

सुनको मूल्य अहिलेसम्मकै महंगाे, तोलामै १ लाख ८६ हजार


काठमाडौँ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ ।

आज एक तोला सुनको मूल्य रु एक लाख ८६ हजार कायम भएको छ । स्थानीय बजारमा यो मूल्य हालसम्मकै उच्च हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार प्रतितोला रु एक लाख ८५ हजारमा कारोबार भएको सुन आज तोलामा रु एक हजार बढेको हो ।

आज प्रतितोला चाँदीमा रु ५५ वृद्धि भएको छ । आज एक तोला चाँदी  एक हजार ९६० मा खरिदबिक्री हुनेछ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ