- असार ०६, २०८०
काठमाडौँ। स्थानीय बजारमा सुन र चाँदीको मूल्य हालसम्मकै उच्च कायम भएको छ। आज सुनको मूल्य तोलामा आठ हजार १०० रुपैयाँले बढेकाे छ।
आज सुन प्रतितोला रू दुई लाख ४८ हजार ५०० र चाँदी प्रतितोला रू तीन हजार ३२५ मा खरिदबिक्री भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
हिजो सोमबार सुन प्रतितोला रू दुई लाख ४० हजार ४०० र चाँदी प्रतितोला रू तीन हजार २२० मा किनबेच भएको थियो।
अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार १२५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।
टिप्पणीहरू: